वीरगञ्ज,बील बिजकभन्दा बढी सामग्री लोड रहेको एक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका– ८ घण्टाघर नजिकैबाट पर्सा प्रहरीले ना.३ ख ५१६५ नम्बरको मालवाहक ट्रकलाई बील बिजकभन्दा बढी सामग्री लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।ट्रकबाट प्रहरीले अन्दाजी मूल्य ५८ लाख ४६ हजार २४१ रुपैयाँ बराबरको औषधी तथा खुद्रा सामग्रीहरू नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले जानकारी दिनुभयो ।आइतवार राती नियन्त्रणमा लिइएको मालवाहक ट्रकसहित सामग्रीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सोमवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी थापाले बताउनुभएको छ ।

Leave a Reply