नेपालको तुलनामा इजराइल भन्ने देश त अस्तिभर्खर स्थापना भएको देश हो भन्दा पनि फरक पर्दैैन । किन भने नेपालको तुलनामा धेरै कान्छो देश हो इजरायल । यो देशले छोटा समयमा राम्रो प्रगति गरेपछि नेपालीहरुका लागि पनि यो देश बैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य मुलुक बनेको छ र त्यसैले त बर्षेनी हजारौं नेपालीहरु रोजगारीका लागि त्यहाँ जाने गर्दछन् । तर दुःखको कुरा मिठो सपना देखेर कमाउने उद्देश्यले गएका दश जना नेपालीहरु भने अब कहिल्यै घर फर्कन नपाउने भएका छन् ।नेपालीहरुको दोष पनि केही थिएन । इजरायलमा कमाउन मात्र गएका हुन् । तर, कमाउन गएका नेपालीहरुले अनाहकमा ज्यान गुमाउन परेको छ । नेपालीहरुको हत्या गर्ने अतिवादी समूह यसै पनि नेपालका लागि पनि आतंकवादी समूह नै भयो । कमाउन गएका नेपालीहरुको बिदेशी भूमिमा रगत बग्दा सबै नेपालीहरुको मन यसै पनि रोएको छ । नेपालले हमासहरुसंग लड्न सक्ने कुरा पनि भएन ।सरकारले मंगलवार शोक बिदाको घोषणा गरेको छ । वास्तवमा इजरायलमा भएको घटनाले नेपालीलाई पनि ठूलो पीडा दिएको छ । गल्ती इजरेलको होला या नहोला तर नेपालीहरुको कुनै दोष नै छैन ।हमास भनिएकाहरुले पनि इजरायलसंग लड्नुपर्ने हो कमाउन गएका नेपालीहरुको हत्या गरेर उसले के पायो र ? घमासान लडाइ पनि भएको होइन । जे भएपनि त्यो आतंकवादी घटना नै हो । नेपालीहरुले ज्यान गुमाउन सबै नेपालीका लागि शोक र पीडाको विषय हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here