नरेश गुप्ता

बरियारपुर,कोभिड १९ को संक्रमितहरुको उपचारको लागि महागढीमाई नगरपालिकाले निर्माण गरेको २० शैयाको आईसोलेसन वार्ड शनिबारदेखि संचालनमा आएको छ । महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २० शैयाको आईसोलेसन वार्ड सुचारु भएको नगर प्रमुख उपेन्द्र यादवले जानकारी दिनुभयो । आईसोलेसन वार्डमा महागढीमाई नगरभित्रका कोभिड संक्रमितहरुको निशुल्क उपचार गरिने उहाँले बताउनुभयो । गरिब, असहाय बिरामीको लागि नगरपालिकाले १ लाख रुपैयासम्मको निशुल्क उपचार गर्ने पनि नगरप्रमुख यादबले जानकारी दिनुभयो । आईसोलेसन वार्डमा दक्ष चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध हुने स्वास्थ्य शाखा संयोजक बिजय कुशवाहाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here