हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले दोश्रो चरणमा मात्र ३ हजार ४ सय ९५ परिवारलाई राहत वितरण गरेको छ । लक डाउन भएको २३ औं दिन सम्म उपमहानगरपालिकाले हेटौंडामा रहेका निर्माण क्षेत्रका मजदुर परिवार र दैनिक ज्यालादारी गर्ने परिवारलाई झण्डै ३५ सय परिवारलाई राहत वितरण गरिएको हो । पहिलो चरणमा राहत वितरण गरिसकेपछी दोश्रो चरणमा ११ वटा वडाका दैनिक ज्यालादारी मजदुरलाई राहत वितरण गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
हेटौंडा १ मा ४ सय परिवार, हेटौंडा २ मा २ सय ५० परिवार, हेटौंडा ४ मा २ सय परिवार, हेटौंडा ५ मा ४ सय परिवार, ६ मा ३ सय ५० परिवार, ९ मा ३ सय परिवार, १० मा ३ सय परिवार, ११ मा ४ सय परिवार, १६ मा एक सय ८० परिवार, १७ मा २ सय ६५ परिवार, १८ मा ४ सय ५० परिवारलाई राहत वितरण गरिएको मेयर महतले जानकारी दिनुभयो । पहिलो चरणमा उपमहानगरपालिकाका वडा कार्यालयले विभीन्न संघसंस्थाको समन्वयमा ३ हजार भन्दा वढी परिवारलाई राहत वितरण गरेका छन् ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाले भोलि देखि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्ने भएको छ । उपमहानगरपालिकाका सवै वडामा बिदेशबाट फर्किएकाहरुलाई घरघरमा पुगेर ¥यापिड टेष्ट गर्न लागिएको हो । कोरोना भाइरसक (कोभिड १९) लागेको छ की छैन भनेर परिक्षण गर्नका लागि ¥यापिड टेष्ट गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिनुभयो ।
आजबाट पाँच जना स्वास्थ्यकर्मी टोल टोलमा खटाउन लागिएको हो । पाँच जना स्वास्थ्कर्मीको टोलिले हेटौंडाको वडा नम्बर ४, ५ र १५ मा भोलि टेष्ट गरिने मेयर महतले वताउनुभयो । अरुलाई पनि ¥यापिड टेष्टको काम निरन्तर गरिने उहाँले वताउनुभयो । नगरका वडाहरुमा पीपीइ सेट लगाएर स्वास्थ्यकर्मीलाई ¥यापिड टेष्ट गर्न खटाउन लागिएको हो ।