मंगलवार कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पूर्जी जारी भएपछि विभिन्न टीकाटीप्पणीहरु भइरहेका छन् । सिरोहियासंगै उनले संचालन गर्ने संचार संस्थाहरुमाथि पनि आरोप लगाउने गरेको देखिएको छ । कैलाश दोषी निर्दोषी जे भएपनि त्यसका लागि त केही समय कुर्न पर्छ नै तर व्यक्तिको अधारमा संस्थालाई समेत मुछेर बद्नाम भने गरिनु् हुन्न । जे भएपनि कान्तिपुर नेपालको एक अग्रणी संचार संस्था हो । कान्तिपुर पत्रिका वा टिभी वा यी संचार संस्थामा नागरिकहरुका हक हितका विषयमा कुरा उठान भएकै छैनन् भन्न मिल्दैन ।
सिरोहियाले कान्तिपुर पब्लिकेशनलाई दुरुपयोग गरेको पाइयो भने त्यो गलत हो । त्यो बद्मासी हो तर व्यक्तिसंसग संस्था जोडिए पनि संस्था दोषी हुने कुरै आउदैन । त्यही संस्थाका कारण धेरैको न्याय पनि भएको छ । कयौंले रोजगार पनि त पाएका छन् । कसैसंग जुँगाको लडाइ भयो भन्दैमा संस्थालाई नै गलत देखेर धारणा बनाउनु हुन्न । छानबिन गरेर सत्य कुरा जनमाझ भने ल्याउनु पर्दछ ।
जसले भए पनि गल्ती गरेको भए सजयाँ पाउनुनै पर्दछ । चाहे गृहमन्त्री, प्रधानमन्त्री वा कान्तिपुरका अध्यक्ष तर नेपालमा पदमा रहेको व्यक्तिलाई हत्तपत्त कारबाही हुदैन । भएको इतिहाँस पनि छैन । त्यसैले राजनीतिक पूर्वाग्राही, इगोका कारणभन्दा पनि स्वतन्त्र तरिकाले अनुसंधान गरी सत्य कुरा चैं बाहिर ल्याउन आवश्यक छ । सिरोहियाको सवालमा पनि यही होस् जनताले चाहेको यत्ति हो ।















