सिम्रौनगढ,
कोरोना भाइरस (कोभीड–१९) सन्क्रमितको उपचार खर्चमा पचरौता नगरपालिकाले ५० प्रतिशत रकम सहयोग दिने भएको छ ।
नगरपालिका नगर प्रमुख रमेशकुमार यादवले एक सूचना जारी गर्दै कोभिड– १९ सन्क्रमितको अस्पतालमा उपचार गराउदा लाग्ने खर्चको ५० प्रतिशत रकम भुक्तानी गर्ने बताउनुभएको छ । नगरपालिकाले बिरामी भर्ना भएको अस्पतालको अधिकारिक बिल, कोभिड– १९ जाँच गराएको नेपाल सरकारद्वारा मान्यता प्राप्त अधिकारिक पोजेटिभ रिपोर्ट, नागरिकताको प्रतिलिपि र नागरिकता नभएको खण्डमा अभिभावकको नागरिकता र वडा कार्यालयको सिफारिसको आधारमा उपचारमा लागेकेको ५० प्रतिशत खर्च नगरपालिकाको कार्यालयबाट उपलब्ध गराउने नगर प्रमुख यादबले बताउनुभएको छ ।
साथै उहाँले नगरबासीकोलागि स्वस्थ्य सम्बन्धि कुनै समस्या भए सिधै कुरा गर्न सकिने मोबाइल नम्बर ९८५५०४८१४२ मा संम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।