वीरगन्ज,पर्सामा प्रहरीले सुन, हीरालगायत पत्थरसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुर टोल निवासी ४५ वर्षीय बुद्धदेव मैती रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले प्राप्त गरेको विशेष सूचनाको आधारमा भारतबाट नेपाल आएका मैतीलाई प्रहरीले वीरगन्ज– १६ शङ्कराचार्य गेटस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको थियो ।प्रहरीले उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हीराजस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्नाजस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबीजस्तो देखिने पत्थर ८.४९ ग्राम, नीलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबीजस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।बरामद गरिएको सुन, हीरा तथा विभिन्न किसिमका पत्थरको मूल्य २९ लाख ४४ हजार ६ सय ३३ रुपैयाँ भएको तथा पक्राउ परेका मैतीलाई सामानसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बुढाथोकीले बताउनुभयो ।

Leave a Reply