सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको पचरौता नगरपालिकाको करार सेवामा कार्यरत कर्मचारीहरुले आफूहरुको करार अवधि थप नभए आन्दोलन गर्ने चेतावनी दिएका छन ।
नगरसभाको हुन नसकेपछि नगर प्रमुख जालन्धर सिंहले करार सेवामा कार्यरत कमचारीहरुलाई साउन १ गतेबाट सेवाबाट अवकास दिएपछि उनीहरुले आन्दोलनको चेतवानी दिएका हुन । करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीले अवकास पाएपछि नगर अस्पतालको सेवा ठप्प बनेको छ ।
नगर प्रमुख जालन्धर सिंह र प्रमुख जिल्ला अधिकारी कटुवाललाई ज्ञापनपत्रमार्फत कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका हुन । आफूहरुको म्याद थप नभए नगरपालिकामा धर्नासहित शान्तिपुर्ण आन्दोलन गर्ने उनीहरुले जनाएका छन । कर्मचारीहरुका अनुसार आइतवारसम्म बिहान ९ः३० देखि ४ बजेसम्म धर्नामा बस्ने र त्यसपछि पनि माग पुरा नभए शान्तिपुर्ण आन्दोलनको थप कार्यक्रम संचालन गर्ने करार कर्मचारी संघर्स समितिका संयोजक दिपिका अर्यालले बताउनुभयो ।