हेटौडा,मकवानपुर प्रहरीले १८ ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित बाराका एक जनालाई नियन्त्रणमा लिएको छ ।बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ नकटुवा निवासी ४१ वर्षीय रमेश महतो नुनियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिहीवार राति ११ बजेको समयमा हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटे चेकपोस्ट स्थित पूर्व पश्चिम सडक खण्डबाट नुनियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख २४६८ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा निजको शरीरको खानतलासी गर्दा पाइन्टको खल्तीभित्र लुकाईछिपाई गरी राखेको अवस्थामा १८ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।लागूऔषधसहित नुनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here