सिमरा,असोजमा आयोजित चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।सिमरा भेट्रान क्लबले सिमरास्थित क्लबको सचिवालयमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।क्लबका सचिव हरि चौधरीका अनुसार प्रतियोगितामा १५ लाख ६५ हजार रुपैयाँ खर्च भएको छ भने एक हजार सात सय ५० रुपैयाँ बचत भएको छ ।

प्रतियोगिता संचालनका लागि विभिन्न दाताबाट १५ लाख ६६ हजार सात सय ५० रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
क्लबका अध्यक्ष बिजय राउतले देशविदेशका १४ टिमले सहभागिता जनाएको प्रतियोगिता संचालन गर्न चुनौतीपूर्ण रहेको बताउँदै प्रतियोगिता आयोजनाका निम्ति सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितालाई निरन्तरता दिँदै जाने समेत बताउनुभयो ।प्रतियोगिता असोज १ देखि ५ गतेसम्म सिमरा रंगशालामा संचालन भएको थियो ।
सौजन्य तस्बिर

Leave a Reply