जियालाल चौधरी
कोल्हबी,कोल्हबी नगरपालिका वडा नम्बर ९ मुसहर्नामा मंगलवार एक समारोहका बीच अस्थायी प्रहरी पोस्टको उद्घाटन गरिएको छ ।बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले रिवन काटेर प्रहरी पोष्टको उद्धाटन गर्नुभएको हो ।कार्यक्रममा बोल्दै सांसद मैनालीले दुर्गम ठाउँ भएकाले सो स्थानमा बसोबास गर्ने जनताको शान्ति सुरक्षाको लागि प्रहरी पोस्ट स्थापना गरिएको र अब सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुन नहुने बताउनुभयो । उहाँले गाउँलेहरुको सुरक्षाको लागि प्रहरीले इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको थियोे । सांसद मैनालीले आफ्नो व्यक्तिगत खर्चबाट प्रहरी पोष्टको पर्खाल निर्माणमा सहयोग गर्ने पनि बताउनुभएको थियो ।कोल्हबी नगरपालिकाको आर्थिक सहयोग र अन्य दाताहरुबाट प्राप्त समेत गरी १२ लाख ६४ हजार ६ सयको लागतमा पोष्ट निर्माण कार्य सम्पन्न गरिएको हो । भवन निर्माण उपभोक्त समितिका अध्यक्ष दिपकप्रसाद ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी, संविधान सभा सदस्य शोभाकर पराजुली, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला प्रहरी प्रमुख होबिन्द्र बोगटी, कोल्हबी नगरका पूर्वनगर प्रमुख भरतबहादुर भण्डारीलगायतले बोल्नुभएको थियो ।अस्थायी प्रहरी पोस्ट निर्माण उपभोक्त समितिको आयोजना तथा कोल्हबी नगरपालिकाको समन्वयमा सम्पन्न सो कार्यक्रममा कोल्हबी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दलक चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलानाथ सिह अधिकारी, कोल्हबी वडा नम्बर ९ का पूर्ववडा अध्यक्ष योगेस चौधरी, उद्योग बाणिज्य संघ कोल्हबी शाखाका पूर्वअध्यक्ष अजयकुमार साह, शिक्षासेवी केवलप्रसाद चौधरी, वडा नम्बर.९ की वडा सदस्य प्रभा देबी चमैन, कपिल्देव पन्जियार, साझेदारी वन व्यवस्थापन समिति कोल्हबीका अध्यक्ष रबिन्द्र पनुहर, मैनादेबी दर्जी, सशस्त्र सुरक्षा बेस कोल्हबीका प्रमुख बिश्वनाथ यादब, उमा भट्टराई, रामनारायण महत्तो, बासुदेव सुबेदी, रामबहादुर थापां लगायत स्थानीयको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वगात मन्तव्य भरतराज वाग्लेले र कार्यक्रमको संचालन बलराम रिजालले गर्नुभएको थियो ।



















