रेल नेपालका लागि नौला कुरा होइन तर अहिलेको पुस्ताका लागि भने नयाँ नै भएको छ ।जनकपुरमा हालसालै संचालनमा आएको रेल बाहेक पनि नेपालमा रेल सेवा थियो । अहिलेको पुस्ताका लागि यो कथा जस्तो भएपनि नेपाली भूभाग त्यो पनि बारा र पर्सामा कयौं वर्ष अगाडि रेल चलेको थियो । त्यसको प्रमाण स्वरुप अहिले पनि वीरगञ्ज अमलेखगन्ज सडकखण्डमा केही भग्नावशेषहरु बाँकी नै छन । त्यतिबेला रक्सौलबाट अमलेखगन्जसम्म चल्ने रेल चड्ने पुस्ता अझै पनि जिवित नै छ ।यद्यपि अब नेपालको बारा र पर्सामा हिजोका दिनमा रेल चलेकै थियो भनेर बस्ने अवस्था पनि छैन । कसका कारणले रेल सेवा बन्द भयो त्यसको अब खोजबिन गर्नुको पनि कुनै अर्थ छैन । अब नयाँ विकासको विषयमा छलफल र बहस हुन जरुरी छ । छिमेकी देश भारतबाट पर्सा र बाराको बाटो भएर फेरि रेल सेवा संचालन हुने भएको छ ।त्यसो त विकासको विकल्प नै छैन । हालै यो सेवा संचालनमा नआएपनि भविष्यमा नेपालमा रेल सेवा संचालनको विकल्प छैन । भारतले चासो दिएको खण्डमा र नेपालमा कुशल शासक भएको खण्डमा पक्कै पनि रेल सेवा संचालनमा आउनेछ र रेलमा सफर गर्ने यही नेपाली पुस्ताको सपना पुरा हुनेछ त्यसका लागि शासकहरुमा इच्छाशक्ति भने एकदमै आवश्यक छ जुन अहिलेको शासकहरुमा भने कम छ ।

Leave a Reply