कलैया,पार्टी हित विपरित काम गरेको आरोपमा माओवादी केन्द्रले आफनो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कारबाही सुरु गरेको छ । यसैक्रममा बाराका विभिन्न पालिकामा निर्वाचित ५ जना वडा अध्यक्षहरुलाई पार्टीको हित बिपरित कार्य गरेको आरोपमा नेकपा माओवादी केन्द्र बाराले २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

२०७४ सालको स्थानीय चुनावमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट जीपतुरसिमरा उपमहानगरपालिका र गढीमाई नगरपालिका, प्रसौनी गाँउपालिकामा निर्वाचित वडा अध्यक्षहरुले पार्टीको कार्यक्रममा सहभागी नभइ अन्य पार्टीको कार्यक्रममा सहभागी भएर पार्टी निर्णयको उल्लङ्गन गरेको बाराका अध्यक्ष अनिलकुमार श्रेष्ठले बताउनुभयो । पार्टी पुरानै अवस्थामा फर्किसकेपछि पनि ती वडाअध्यक्षहरुले पार्टीको निर्णय विपरीत अर्को पार्टीको गतिबिधिका लागेको हुनाले सोही अनुसार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष असलम देवान, प्रसौनी गाउँपालिका वार्डा नम्बर १ का वडा अध्यक्ष लालबाबु मुखिया बीन, महागढीमाई नगरपालिका वडा नं ९ का वडा अध्यक्ष शशिकान्त मिश्रा, वडा नं.२ का अध्यक्ष बिरेन्द्र चौरसिया र सोही नगरपालिका वाडा नं ४ का वडा अध्यक्ष कृष्ण मुरारी लगायतलाई २४ घण्टे लिखित रुपमा स्पष्टिकरण माग गरेको छ । चित बुझदो जवाफ नआए उनीहरुलाई पार्टीबाट निस्कान समेत गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here