आरके चौधरी

सखुवाप्रसौनी,प्रतिनिधिसभा विघटनको विरोधमा सखुवाप्रसौनी गाउँपालिकाको सखुवाप्रसौनीमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पी.शर्मा ओलीले पुत्ला दहन गरिएको छ ।

गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको अगुवाइमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले पुत्ला दहन भएको हो । पुत्ला दहनपछि सखुवाप्रसौनी गाउँपालिका वडा २ औराहा पंचगावा बजारमा पुगेर खुल्ला मञ्चमा कोणसभा समेत आयोजना गरिएको थियो । अध्यक्ष जैसवालको सभापतित्वमा भएको सो विरोध सभामा कार्यक्रममा माओवादीका बिहारी राम, हिरालाल राम, शिवशंकर यादव, जनमोर्चा नेपालका तपसी राउत थारु लगायतको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले चालेको असंवैधानिक कदमको विरोधमा बुधबार सखुवाप्रसौनी गाउँपालिका वडा ५ को महुवनमा मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको बिहारी रामले जनकारी दिनुभयो ।

Leave a Reply