सिमरा,चट्याङ्ग लागेर बारा र मकवानुपरमा १÷१ जनाको मृत्यु र ३ जना घाइते बनेका छन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–४ औराहामा आइतबार बिहान वर्षासंगै परेको चट्याङ्ग लागेर एक युवतीको मृत्यु भएको छ ।

चट्याङ्ग लागेर गंभीर घाइते बनेकी स्थानीय २२ वर्षिया एलिसा खड्का अधिकारीको उपचारको क्रममा वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । गाउँ नजिकैको जंगलमा गोठालो गएकी अधिकारी चट्याङ्ग लागेर घाइते बनेकी थिइन । त्यसैगरी मकवानपुरमा पनि आइतबार परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा चट्याङ पर्दा घाइते भएका तीनमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्न पुगेका तीन जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका मकवानपुरगढी–२ माथिल्लो छापका २५ वर्षीय कविराज वाइबाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर घाइते भएका मकवानपुरगढी–२ माथिल्लो छापका ४६ वर्षीय वीरबहादुर वाइबा र ५६ वर्षीय वीरवल वाइबा घाइते छन् । घाइतेहरुलाई सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

Leave a Reply