सिमरा, २८ साउन– बाराको सिमरामा रहेको जगदम्बा स्टीलका ११ जना कर्मचारी तथा मजदुरहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । केहिदिन अघि १ सय ३५ जनाको नमुना संकलन गरी परीक्षणकालागि काठमाडौं पठाइएकोमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संकलन गरिएका नमुना मध्ये केहिको रिपोर्ट आउन बाँकी रहेको सो उद्योगको मजदुर संघठनले जनाएको छ । यसैबीच, जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितसंग संपर्क गरी उद्योग सिल गर्न आग्रह गर्नुभएको छ ।
जवाफमा प्रजिअ पण्डितले यस विषयमा छलफल भइरहेको जानकारी दिनुभएको संयोजक पौडेलले जानकारी दिनुभयो । संयोजक पौडेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिमरामा रहेको जगदम्बा स्टिलमा ११ जनामा संक्रमण पुष्टि भएको र यसबाट सिमारा क्षेत्रमा महामारी फैलिन सक्ने देखिएकोले तत्काल उद्योग सिल गर्न स्थानीय प्रशासनसँग माग गर्नुभएको छ ।