निजगढ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढले सरकारविरुद्ध मशाल जुलुस प्रदर्शन गरेको छ । राप्रपाले भ्रष्टाचार, नागरिकता विधेयक र संघीयतालगायतको विरोधमा निजगढमा बुधवार साँझ मशाल जुलुस प्रदर्शन गरेको हो ।

निजगढको शहिद चोकदेखि बुद्ध चोकसम्म ¥याली निकालेर विरोध प्रदर्शन गरिएको राप्रपा निजगढ नगर कमिटीका अध्यक्ष खड्गप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

संसदबाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पु¥याउने कार्य भएको भन्दै राप्रपा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

नागरिकता विधेयकको बुदाँहरु विवादास्पद, अनुचित र राष्ट्रहित विपरित भएको बिरोधमा प्रदर्शन गरिएको उनीहरूको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले निधारमा कालोपट्टी बाधेका थिए । प्रदर्शनका क्रममा संवैधानिक राजसंस्था कायम गर्न माग पनि गरिएको थियो ।

Leave a Reply