नरेश गुप्ता

बरियारपुर,नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल बाराले आइतवार कलैयामा एमसिसि संझौता विरुद्धमा प्रदर्शन गरेको छ ।

युवा संघ नेपालले देशब्यापी रुपमा एमसिसि विरुद्ध गरेको विरोधको क्रममा कलैयामा पनि प्रर्दशन गरिएको हो । युवा संघ नेपाल र अखिल नेपाल महिला संघ समाजवादीद्वारा संयुक्त रुपमा निकालिएको विरुद्ध कार्यक्रममा राष्ट्रघाति एमसिसि चाहिदैन, गो ब्याक एमसिसि, अमेरिकी सम्राज्यवाद मुर्दाबाद जस्ता नारा लगाइएको थियो ।

युवा संघ बाराका अध्यक्ष राम यादव एवं नेकपा समाजवादीका पोलिटब्युरो सद्स्य दिनेश राईको प्रमुख अतिथियमा पार्टी कार्यलयबाट निस्किएको र्याली कलैया बजार परिक्रमा गरी भरत चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा प्रमुख अतिथि पार्टीका केन्द्रीय सद्स्य राईले एमसिसि राष्ट्रघाति परियोजना भएकोले कुनै हालतमा लागू हुन नदिन बताउनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले पारित गर्न लागेको एमसिसि देशको हितमा नरहेको बताउदै यसको चौतर्फी विरोध भइरहेको बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष हरिओम साहले एमसिसि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

युवा संघ बारा जिल्ला संयोजक राम यादवको अध्यक्षतामा भएको बिरोध कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता एंव नेकपा समाजवादी बारा जिल्ला प्रचार विभाग प्रमुख रमेश सुवेदी लगायत संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

Leave a Reply