वीरगन्ज,वीरगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज– १९ बिन्दबासिनी बस्ने ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।वैशाख ५ गते नारायणी अस्पतालमा भर्ना भएका उनको आज बिहान १०ः५० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिनुभयो । वैशाख ६ गते कोरोना संक्रमण पुष्टी भएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
यसैबीच वीरगन्ज स्थित चिकित्सा विज्ञान अध्ययन संस्थान अर्थात वीरगन्ज नर्सीङ क्याम्पसका एक महिला कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नर्सीङ क्याम्पसमा कार्यरत भान्से वीरगन्ज १६ घर भएकी ६१ व्र्षिया महिलाको , आज बिहान मृत्यु भएको हो ।वीरगन्ज स्थित नारायणी अस्पतालमा गत मङगलवार भर्ना भएकी ती संक्रमित महिलाको आजबिहान साढे १ बजे मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशनदासले जानकारी दिनुभयो ।चैत अन्तिम साता , वीरगन्ज नर्सीङ क्याम्पसमा १९ विधार्थी र वार्डेन सहित ६ जना कर्मचारी गरि २५ जनामा संक्रमण पुष्टि भएको थियो ।२५ जनामा संक्रमण भेटिएपछि चैत ३१ गते देखि क्याम्पस बन्द गरिएको छ । सक्रमण पुष्टि भएका १९ विधार्थीहरुलाइ क्याम्पसमै आइशोलेसन बनाएर राखिएको छ ।

संक्रमित कर्मचारीहरु भने आ आफनो घरको होम आइशोलेशनमा छन् ।होम आइशोलेसनमै बसेकी संक्रमित भान्से ती महिलाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाइ गत मङगलवार नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको र उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको क्याम्पस प्रमुख सुर्या कोइरालाले जानकारी दिनुभयो ।कोइरालाका अनुसार , क्याम्पसको आइशोलेसनमा अहिले पनि १९ जना संक्रमित विधार्थी छन् ।संक्रमित वार्डेन सहितका ६ कर्मचारी मध्ये भान्से महिलाको आज बिहान मृत्यु भएपछि अब ५ जना मात्र कर्मचारी होम आइशोलेसनमा रहेको कोइरालाले जानकारी दिनुभयो ।कोरोना रिपोर्ट नेगेटिभ आएका विधार्थीहरुलाइ भने १० दिनको विदा दिएर घर पठाइएको छ । आज नर्सीङ क्याम्पसकी भान्सेको मृत्यु भएसंगै, कोरोनाको खोश्रो लहर शुरु भए यता कोरोना संक्रमणका कारण वीरगन्जमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । वीरगन्जको नारायणी अस्पतालमा ६ जनाको र नारायणी बयोधा अस्पतालमा २ जनाको मृत्यु भएको हो । मृतक आठ जना मध्ये पर्साका ६ जना तथा बारा र सर्लाहीका १÷१ जना हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here