मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिमरा खानेपानी उपभोक्ता समितिको निर्वाचनमा उम्मेदवारहरुले घरदैलोमा अभियानलाई तीव्र पारेका छन ।मतदानको मिति नजिकिदै गर्दा उम्मेदवारहरु मत माग्न उपभोक्ताहरुको घरघरमा पुग्न थालेका हुन । अध्यक्ष पदका उम्मेदवार पूर्णचन्द्र तिमिल्सिना प्यानलका उम्मेदवारहरुले घरदैलो अभियानलाई अन्य उम्मेदवारहरुले भन्दा बढी तीव्रता दिएका छन ।
घरदैलोको क्रममा वडा–वडामा उपभोक्ताहरुले देखाएको विश्वास र समर्थनबाट आफू निक्कै उत्साही बनेको आगामी निर्वाचनमा आफ्नो प्यानलका उम्मेदवार विजयी हुने निश्चित देखिएको बताउनुभयो ।
तिमल्सिनाको प्यानलले मत माग्ने क्रममा उपभोक्ताको घर–घरमा पुगेर खानेपानी सम्बन्धि समस्या बुझ्ने र समाधान गर्ने प्रतिबद्धता जनाउदै आएको छ । “हाम्रो प्यानलप्रति जनताले साथ र भरोसा गरेका छन, उहाँले भन्नुभयो, निर्वाचनमा हाम्रो जित निश्चित छ ।”
समितिको निवर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहनुभएका तिमल्सिनाले आगामी कार्यकालमा खानेपानीको क्षेत्रमा रहेका समस्याहरुलाई थप पारदर्शी ढङ्गले व्यवस्थापन गर्ने, सेवा–सुविधाको विस्तार र उपभोक्तामैत्री प्रणाली लागू गर्ने जस्ता एजेण्डा अघि सारेर आफूहरु चुनावमा होमिएको बताउनुभयो ।
ंआगामी मंसिर ६ गते हुन लागेकोसिमरा खानेपानी उपभोक्ता समितिको निर्वाचनमा विभिन्न राजनीतिक दल निकट उम्मेदवारहरुले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव प्रचारमा सक्रिय भएका छन । समितिको अध्यक्ष पदमा तिमल्सिनासहित ६ जनाले उम्मेदवारी दिएका छन ।

















