बिवाह हरेक मानिसका लागि एउटा कर्म हो । हुनत कतिपय समाजमा व्यक्तिहरुले विवाहलाई अस्वीकार गरेको पनि पाइन्छ । यद्यपि यसको संख्या समाजमा निकै कम नै छ । त्यसो त उमेर पूरा भएपछि कुनै पनि केटा वा केटीले विवाह गर्नु पर्दछ । यो प्राकृतिकसँगै श्रृष्टिकै नियम हो । यो नियम भगवानकै पालादेखि चल्दै आएको छ । त्यसैले पनि विवाह रोकिने कुरा भएन ।

बिवाह भनेपछि पैसा हुनेले सामाजिक रवाफका साथ गर्ने चलन पनि छ । हुनेले पैसा खर्च गरेर सयौंजना जन्ती लगेर बिवाह गर्ने गर्दछन् । भनाइ नै छ जिउँदाको जन्ती मर्दाको मलामी । यो नेपाली समाजका लागि मात्रै होइन सबै समाजमा लागू हुन्छ । अहिले बिवाहमा जन्ती जानेदेखि भोलिपल्ट भोज गर्नेहरुमा समेत भीड हुने गर्दछ तर नेपालमा सरकारले सोमबारबाट नै नयाँ नियम बनाएको छ ।

अब बिवाह गर्दा जन्तीको रुपमा २५ जना भन्दा बढी लान पाइने छैन भने भोजभतेजमा पनि सावधानी अपनाउनुपर्ने देखिन्छ । यो सरकारले आफ्नो स्वार्थका लागि भने गरेको होइन । कोरोना भाइरसको त्रास र जोखिम बढेपछि सरकारले यो निर्णय गरेको र यसको सबै नेपालीहरुले अनुसरण गर्न आवश्यक छ र बारा र पर्साका नागरिकहरुले झन् बढी पालना गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here