सिगौल,निजगढ नगरपालिको सिंगौल आसपासको जंगलमा वन्यजन्तुको अवैध चोरीसिकार गर्ने क्रम बढेको छ । पछिल्लो समय राष्ट्रिय वन र सामुदायिक वनमा सिकार खेल्न जाने समूह बढ्दै गएको हो । सुख्खा मौसममा वन्यजन्तुको सिकार गर्न सजिलो हुने भएकोले सिकारीहरु सक्रिय बनेका हुन । उनीहरुले समुह बनाएर वनमा बदेल, हरिन र मृग जस्ता वन्यजन्तुको सिकार गर्न थालेका छन ।

सरकारले वन्यजन्तु तथा पंक्षीको सिकार गर्न दण्डनीय अपराध माने पनि बारा र रौतहटको विभिन्न जंगल क्षेत्रमा वन्यजन्तुको अवैध सिकार हुन थालेको हो । गाँउ नजिकैको राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा पर्ने बँदेल, हरिण र घोडागदाको चोरीसिकारं बढेको स्थानीय बासिन्दाको भनाइ छ । जनावरहरुको सिकार बढ्दै गए पनि नियन्त्रणका लागि भने सम्बन्धित निकायले चासो नदिएको स्थानीयको भनाइ रहेको छ । स्थानीय राजनीतिक दलका प्रतिनिधिकै संलग्नतामा यस क्षेत्रको जंगलमा प्रतिवन्धित हतियारको प्रयोग गरेर जंगली जनावरको सिकार गर्ने गरिएको हो ।

Leave a Reply