नेपाल संघीय लोकतान्त्रिक देश बनेपछि अहिले सबै प्रदेश सरकारहरुले दोश्रो कार्यकालका लागि अभ्यास गरिरहेका छन् । नेपालको संबिधानमा प्रदेशको काम,कर्तब्य र अधिकार स्पष्टसंग उल्लेख गरेको भएपनि कतिपय कुराहरु भने स्पष्ट नभएका कारण प्रदेश निकै कमजोरी बन्दै गइरहेको प्रदेशमा रहेका मुख्यमन्त्रीकै गुनासो छ ।यसैक्रममा संधै गुनासो नै गुनासो रहने मधेस प्रदेशमा भने समस्या मात्रै रहेको स्वयम् मुख्यमन्त्री सरोजकुमार यादवले नै गुनासो गरेका छन् । हुन त यस्तो गुनासो गर्ने उनी पहिला व्यक्ति भने अवश्य नै होइनन् । यसअघि मधेसका मुख्यमन्त्री लालबाबु राउत गद्दीको पनि गुनासो यस्तै खालको थियो । उनको कार्यकाल पनि लगभग गुनासो गर्दागर्दै सकियो भन्दा पनि हुन्छ । अब अहिलेका मुख्यमन्त्रीको पनि उस्तै पीडा सुनिन्छ । संघीयतालाई बलियो बनाउने कुरा राजनीतिक वृत्तमा भएपनि प्रदेश तहमा भने यो निकै कमजोरी बन्दै गएको यसैपनि अभास हुन्छ । मधेस प्रदेशका मुख्यमन्त्रीले अहिलेसम्म सरकार बिस्तार गर्न नसक्नु अर्को संघीयताका लागि घातक कुरा हो ।सोमबार मात्रै बाराको निजगढमा आयोजित एक कार्यक्रममा भने मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफ्नो पीडा मज्जाले पोखे । उनी मधेस प्रदेशका लागि नयाँ व्यक्ति पनि होइनन् । यसअघि प्रदेशको सभामुख भइसकेका ब्यक्तिले यसैपनि धेरै कुरा बुझेको हुनुपर्छ तैपनि उनी यत्ति निरिह किन भए, कसले बनायो भनेर अब चैं बेलैमा समीक्षा गर्न आवश्यक छ ।














