निजगढ,पुर्वपश्चिम राजमार्गको बाराको निजगढस्थित भमरा खोलापारि जंगलमा बिहिबार राति एकजना स्वास्थ्यकर्मीको रहस्यमय तरिकाले मृत्युृ भएको छ । रौतहटको फतुवाविजयपुर नगरपालिका वडा नम्बर ७ घर भइ हाल निजगगढ नगरपालिका वडा नम्बर ८ मा डेरा गरी बस्ने वर्ष ३६ का नागेन्द्र साह तेलीको शव ईलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले राजमार्गबाट सिगौल जाने सडकबाट पुर्वतर्फ सडक छेउमा राति ८ बजे फेला पारेको हो । ना ३९ प २६०१ नम्बरको मोटरसाइकलमा निजगढबाट रौतहटको सिम्रीतर्फ जादै गरेको अवस्थामा मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मोटरसाइकलमा साहले चलाएको मोटरसाइकलमा कुनै क्षेति नभएको र उनकोे कन्चटमा एउटा ठुलो चोट देखिएकोले मृत्यु शंकास्पद देखिएको भन्दै मृतक साहका आफन्तले हत्या भएको हुन सक्ने भन्दै ईलाका प्रहरी कार्यालय निजगढमा अनुसन्धानको माग गरेका छन । मृत अवस्थामा पनि साहको टाउकोमा हेल्मेट र मुखमा मास्क रहेकोले आफन्तले हत्या भएको हुनसक्ने आशंका गरेका हुन । साहको टाउकोमा ठुलो चोट देखिनु तर हेल्मेटमा र मोटरसाइकलमा समेत कुनै किसिमको ठक्कर नदेखिनुले अनेत्रै हत्यापछि मोटरसाइकलमा राखेर निजलाई उक्त स्थानमा ल्याएर छोडेको हुन सक्ने आफन्तको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here