नेपालमा फेरि कोरोनोको दोश्रो लहर शुरु भएको छ । छिमेकी देश भारतमा कोरोनाको दर बढेसँगै यस आसपासमा पनि संक्रमणको दर बढेको छ भने संक्रमणका कारण सबैभन्दा बढी बालबालिकाहरु प्रभावित हुने खतरा पनि देखिएको छ । कोरोनाको कहरका कारण लामो समय बन्द रहेका विद्यालयहरु संचालनमा आएको धेरै समय पनि भएको छैन । करिब ४ महिना राम्रोसंग मात्रै विद्यालय संचालनमा आए ।
फेरि विद्यालय बन्द गर्न पर्ने अवस्थाको सृजना भएको छ । कोरोनाको कहर पहिलो नै विद्यालयमा हुने संभावना रहेको चिकित्सकहरुले बताइरहेका छन् । सरकारले पनि विद्यालय बन्द गर्नु पर्ने निश्कर्ष निकालेको छ । त्यसैले पनि बालबालिकाहरु जोगाउनु पर्ने प्रत्येक अभिभावकको दायित्व र जिम्मेवारी परेको छ ।
वीरगन्ज महानगरपालिकाले पनि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । वीरगन्जमा फेरि एक पटक कोरोनाको त्रास बढेको छ र फेरि संक्रमण बढ्न सक्ने खतरा बढेको छ गएको वर्ष यही अवधिमा वीरगन्जमा कोरोनाले बिकराल अवस्था सृजना गरेको थियो र फेरि गर्ने खतरा बढेको छ । त्यसैले हाललाई विद्यलाय बन्द गरेर भएपनि बालबालिका जोगाउनु पर्दछ ।