पुष्पराज खतिवडा

मनहर्वा,अफ्रिकन रुट्स एसोसियन, क्यामरुन विश्वकर्मा सिमेन्ट ११ औँ जीतपुरसिमरा गोल्डकपमा सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आइतबार भएको खेलमा नेपाल आर्मीको त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै अफ्रिकन रुट्सले अन्तिम चारमा स्थान बनाएको हो । अफ्रिकन रुट्सका लागि नजिमि एक्लैले दुई गोल गरे । खेलको ६१ औँ मिनेट र ईन्जुरी समयको पाचौँ मिनेटमा गोल गर्दै उनले टिमलाई जित दिलाएका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा अफ्रिकन रुट्सले नतिजाका लागि ईन्जुरी समय कुर्नुप¥यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१ औँ मिनेटमा नजिमिले डि बक्स भित्रैबाट गरेको प्रहार सिधै गोलमा परिणत गरे । सुरुवाती समयदेखी दवावमा राखेको आर्मीबिरुद्ध गोल गर्ने धेरै राम्रा अवसर खेर फालेको अफ्रिकन रुट्सले अग्रता जोगाउन नसक्दा ८९औँ मिनेटमा खेल बराबरीको स्थितमा पुग्यो । डि बक्स भित्र ए फेब्रिकले हेण्ड गर्दा पाएको पेनाल्टीमार्फत आर्मीले बराबरी गोल फर्काएको थियो । आर्मीका जर्ज प्रिन्स कार्कीले पेनाल्टीमार्फत टिमललाई सान्त्वना गोल दिलाएका हुन् ।

अन्तिम समयमा आर्मीले गोल गरेसँगै निर्धारीत ९० मिनेटको खेल बराबरीमा सकिएपछी ३० मिनेटको समय थप गरिएको थियो । ईन्जुरी समयको पाचौँ मिनेटमा अफ्रिकन रुट्सका लागि नजिमिले दोस्रो गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । खेलको म्यान अफ द म्याच समेत बनेका नजिमिले स्मेलको कर्नरलाई हेडमार्फत सहजै जाली चुमाएका थिए ।

पहिलो खेलमा वीरगञ्ज युनाईटेडमाथी ४–१ को शानदार जीत निकाल्दै क्वटरफाईनल प्रवेश गरेको आर्मी अफ्रिकन रुट्ससामु निरिह बन्यो । खेलको अधिकांस समय दवावमा परेको आर्मीले बनाएका केही राम्रा अवसर खेर फाल्यो । १७ औँ मिनेटमा सन्तोष केसीले डि बक्स भित्रैबाट गरेको प्रहारलाई अफ्रिकन रुट्सका टोनी एम्बास्साले गोल लाईनबाटै क्लियर गगरिदिए । ४४ औँ मिनेटमा गोलका लागि आर्मीले अर्को राम्रो अवसर खेर फाल्यो । ४४ औँ मिनेटमा सुसान्त श्रेष्ठले गरेको प्रहार क्रस बार बाथीबाट बाहिरिएको थियोे ।

प्रतियोगीता अन्तर्गत सोमबार हुने दोस्रो क्वाटरफाईनलमा शसन्त्र प्रहरीको एपिएफ फुटबल क्लब र बागमती ११ सर्लाही खेल्नेछन् । एपिएफ सिधै क्वाटरफाईनल खेल्न लागेको हो भने सर्लाहीले सेन्टर कलेज भरतपुर फुटबल क्लबलाई हराउँदै शसस्त्र सँगको भेट पक्का गरेको हो ।

Leave a Reply