बारा जिल्ला कृषिका लागि उर्वर भूमि हो । त्यसो त बारा माछा उत्पादनका सवालमा झनै महत्वपूर्ण जिल्ला हो । बाराबाट उत्पादन हुने माछाले मुलुकको कुल ३५ प्रशितमा टेवा पुर्याउदै आएको छ । तर सरकारले माछा पालक कृषकहरुका लागि बनाएको नीति भने खासै प्रभावकारी भएको देखिदैन । माछाको खेती गर्दै आइरहेका बाराका कृषकहरुकै कारण पनि बाराको एक गाउँको नामै फेरिएको पनि छ । जिल्लाको वोधवन गाउँको नाम ‘माछा गाउँ’ मा फेरिएको हो ।

तर, पछिल्ला दिनमा यही माछाको व्यवसायिक खेती गर्ने कृषकहरुमा निराशा छाएको छ । उनीहरु यो पेसाबाट पलायन हुनुपर्ने अवस्थामा पुगेको उनीहरुले नै गुनासो गर्न थालेका छन् । बाराका कृषकहरुले माछा पालन व्यवसायबाट आम्दानी नभएको गुनासो गरेका छन् । उनीहरुले राम्रो मुल्य नपाएको बताएका छन् ।

बारामा माछाको खेती र यसैको प्रवद्र्धनका लागि भन्दै बिभिन्न सरकारी निकाय जिल्लामा कृयाशील पनि छन् अनि जिल्लामा त अहिले स्थानीय सरकारहरु पनि छन् । माछाका कारण युवाशक्तिलाई रोजगारी दिन सक्ने प्रसस्त शंभावना रहेकोले पनि सकारले यो बिषयमा सोच्न आवश्यक छ ।

Leave a Reply