वीरगञ्ज,पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहार बिरुवागुठीस्थित गौरे कटेज खाजा पसलबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ३ का ५७ वर्षीय वीरेन्द्र साह, वडा नम्बर ४ का ४० वर्षीय सुरेन्द्र चौधरी, वडा नम्बर ३ का ३८ वर्षीया दिलमाया तामाङ, ३१ वर्षीय शीशीर तामाङ तथा वीरगञ्ज महानगरपालिका ३१ का २७ वर्षीय अरविन्द गौरो रहेका छन् ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले सोमबार दिलमाया तामाङले सञ्चालन गरेको खाजा पसलबाट जुवातास खेल्दै र खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनीहरूको साथबाट तीन सेट तास र १५ हजार ५५ रुपैयाँ नगद बरामद गरिएको छ ।पक्राउ परेकामाथि सार्वजनिक शान्ति विरुद्धको कसूर (जुवा खेल्न नहुने सम्बन्धी दफा १२५) अन्तर्गत आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
















