काठमाडौं,प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।
उहाँले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको हो ।

सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमवार मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले भन्नुभयो, ‘प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरुको सिफारिस राति आइपुगेकाले आइतवार शपथ नहुने भयो । सोमवार मात्रै शपथ हुन्छ ।’

Leave a Reply