कलैया,नेपाल कम्युनिष्ट पार्टी (एमाले) बारा जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पार्टीबाट उम्मेदवार बन्न क्षेत्रीय कमिटीको सिफारिसमा नपरेका ७ जना आकांक्षीको समेत थपेर मधेस प्रदेश कमिटीमा नाम पठाएको छ ।एमाले बारा जिल्ला सचिवालय कमिटीको ७औं बैठकले आगामी निर्वाचनको लागि क्षेत्रीय कमिटीबाट सिफारिस भएर आएका आकांक्षी उम्मेदवारहरुको नाम स्वीकृत गर्दैै सिफारिसमा नपरेका आकांक्षीहरुको पनि नाम सिफारिस गरेको हो । बैठकले पूर्वसांसद एंव एमाले केन्द्रीय कमिटी सदस्य ज्वालाकुमारी साहसहित गायत्री देवी, सिता सुवेदी, टिना सुवेदी, प्रतिमा यादव, रविन्द्र दास बनिया र फुलेना राउत अहिरको नाम सुझावको रुपमा प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

जिल्ला कमिटीका अध्यक्ष पाण्डेले दिएको जानकारी अनुसार बैठकले तल्लो कमिटीबाट प्राप्त नामअनुसार क्षेत्र नम्बर १ बाट अच्युतप्रसाद मैनाली, पुरुषोत्तम पौडेल, धनमाया चौधरी, थानेश्वर सापकोटा (अविरल), पुरनदेव चौधरी, सुदामा देवी राम तथा त्रिलोकीप्रसाद चौधरीको नाम प्रदेशमा सिफारिस भएको छ ।यस्तै क्षेत्र नम्बर २ बाट बलवीरप्रसाद चौधरी, अमरदेवप्रसाद यादव, मखन पासवान, सत्पाल यादव, राजेशप्रसाद साह, कौशलकिशोर सिंह, गौरीशंकरप्रसाद यादव र महपतिया देवी दुसादिनको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ३ बाट अध्यानन्द पाण्डे, एम समिउल्लाह र सिमा ठकुरी सिफारिसमा परेका छन् भने क्षेत्र नम्बर ४ बाट अमर यादव, कृष्णकुमार श्रेष्ठ र सिता गुरुङको नाम पठाइएको छ ।
अध्यक्ष पाण्डेले क्षेत्रीय कमिटीको बैठकबाट सिफारिस हुन नसकेका आकांक्षीहरुसमेतको नाम समेत सुझावको रुपमा समावेश गरेर प्रदेश कमिटीमा पठाइएको जानकारी दिनुभयो ।
एमालेले क्षेत्रीय कमिटीबाट प्राप्त नाममा जिल्ला कमिटीले सुझावसहित प्रदेश कमिटीमा सिफारिस गर्ने र प्रदेश कमिटीको सिफारिसको आधारमा केन्द्रीय कमिटीले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने प्रावधान छ ।

Leave a Reply