कृपा संवाददाता
निजगगढ – निजगढमा जारी सप्ताहाव्यापि ट्राफिक सचेतना कार्यक्रम अन्तरगत हिजो निजगढ ८ स्थित समता निकेतन र निजगढ ६ स्थित गौरीशंकर माबिका छात्रछात्राहरुलाई ट्राफिक सम्बन्धि शिक्षा प्रदान गरिएको छ । यसअघि मंगलबार निजगढ ९ स्थित होलि एजंल्स र निजगढ ८ स्थित बकैयाठाकुर निमावी, निजगढ ७ स्थित बिद्यासागर र नेत्रोदय माविमा सचेतना कार्यक्रम संचालन भइसकेको जिल्ला ट्राफिक कार्यालय बारा निजगढका प्रमुख सुरेश थापाले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तरत बिहिबार निजगढ ८ स्थित गौरिशंकर मावि र निजगढ ५ स्थित सार्वजनिक माविका छात्रछात्राहरुलाई ट्राफिक सचेतना शिक्षा प्रदान गरीने लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट खडकप्रसाद उप्रेतिले जानकारी दिनुभयो । सो अवसरमा बिद्यार्थिहरुलाई ट्राफिक सचेतना संम्बन्धि चेतनामुलक भिडियो सामाग्री पनि प्रदर्शन गरिएको उप्रेतिले बताउनुभयो ।
बिहिबार नै निजगढ नगरपालिकाका जनप्रतिनीधि तथा कर्मचारीहरुबीच २ नं प्रदेश ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महत्तोको उपस्थितिमा छलफल तथा प्रशिक्षण कार्यक्रमको पनि आयोजना हुने जनाइएको छ । जिल्ला ट्राफिक कार्यलय बारा, इलाका प्रहरी कार्यलय निजगढ ,एनएमबि बैंक निजगढ शाखा, लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको आयोजनामा ट्राफिक सम्बन्धि चेतना अभिवृद्धिको लागि सप्ताहाव्यापी कार्यक्रम शुरु भएको हो ।