अनिल तिवारी,
सिमरा, २९ भाद्र,- नापी कार्यालय सिमरामा घुस रकम नदिएकै कारण कर्मचारीले काम नगरेको सेवाग्राहीहरुले बताएका छन । बहिनी नितु कुमारी पाण्डेको नाममा जग्गा पास गराउन आइतबार नापी कार्यालय पुगेका कलैया उपमहानगरपालिकाका राकेश पाण्डेले घुस रकम नपाएपछि कार्मचारीले नियमअनुसार गर्नुपर्ने काम पनि नगरेको आरोप लगाउनुभएको छ । सबै काम पुरा भइ अन्तिममा घुस रकम नपाएपछि काम रोकिएको उहाँले बताउनुभएको छ ।
दुषित नियतकासाथ दर्तादेखि सबै काममा तोक आदेश गरी काम अगाडी बढाएकोमा कार्यालयका सुचना अधिकृत बिजय कुमार चौधरीले घुस रकम नपाएपछि काम रोकेको पाण्डेले बताउनुभयो ।
सरकराले किताकाट खोलेपछि भाद्र २६ गते शुक्रवारसम्म नापी कार्यालय सिमराबाट किताकाट भएको छ तर आईतवार सुचना अधिकृत चौधरीलाई घुस नदिएपछि उनले विभागीय मैखिक आदेशका देखाउदै काम गर्न नसक्ने भन्दै आनाकानी गरेको जग्गा खरिद गर्न जानुभएकी नितुकुमारी पाण्डेले बताउनुभयो । सहयोगका लागि आएका एक जना साथी दिनेश पटेललाई २५ हजार नगद दिए तुरुन्तै काम हुने नत्र काम गर्न दुई तिन लाग्ने सुचना अधिकृत चौधरीले बताएको नितुको भनाइ छ ।
लक डाउनको समयमा ५० किलोमिटर टाढाबाट कष्ट गरेर जग्गाको काम गर्न कार्यालयमा आएको तर कित्ताकाट भइसकेर पनि निर्णय गर्ने बेलामा भने विभागको मैखिक आदेश भन्दै काम रोकेर कर्मचारीले दुख दिइएको पाण्डेको भनाइ छ ।
नापी कार्यालय सिमराका सुचना अधिकृत चौधरीसंग कुरा गर्दा उहाँले माथिको मौखिक आदेशका कारण आफुहरुले काम रोकेको जानकारी दिनुभयो । उहाँले सरकारले निर्णय गरेपनि स्पष्ट निर्देशन नआएका कारण कित्ताकाट गर्ने काम रोकिएको जानकारी दिनुभयो । उहाँले यस भन्दा पहिले दैनिक ४÷५ जनाको जग्गा कित्ताकाट हुदै आएको तर आइतवार दिउसो विभागले मौखिक आदेश दिदै काम रोक्न भनेपछि आफुहरुले केहि दिनका लागि काम रोकेको पनि बताउनुभयो ।
यसैगरी कार्यालयका प्रमुख चिन्तामणीकुमार यादबले आफुले तोक नै नलाइ पाण्डेको फाईल दर्ता भएको र काम अगाडि बढेको जानकारी दिनुभयो । कार्यालय प्रमुख कार्यालयमै हुदाँसमेत चौधरीले आर्थिक चलखेल गर्न आफै तोक लगाएर काम अगाडी बढाएको र अन्त्यमा घुस नपाएपछि बाहाना बनाएर काम रोकेको पाण्डेले आरोप लगाउनुभयो ।