वीरगञ्ज, चितामा राखेर जलाउन लागिएको एकजना महिलाको शव पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय सेढवाले आइतवार राती जिराभवानी गाउँपालिकामा मसान घाटको चितामा जलाउन लागिएको अवस्थामा एक महिलाको शव नियन्त्रणमा लिएको हो ।इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक (सई) नन्दकिशोर साहका अनुसार मसान घाटमा जलाउनका लागि राखिएको जिराभवानी गाउँपालिका – २ सेढवास्थित मुसहर बस्तीकी ६० वर्षीय बतही देवी मुसहरिनको शव नियन्त्रणमा लिइएको छ ।मृतक मुसहरिनले पासो लगाई आत्महत्या गरेको र गोप्य तरिकाबाट उनको दाहसंस्कार गर्न लागिएको सूचनाको आधारमा शव नियन्त्रणमा लिइएको सई साहले बताउनुभयो ।प्रहरीलाई देख्न साथ मलामीहरू फरार भएका थिए । शव पोस्टमार्टम लागि नारायणी अस्पताल ल्याइएको उहाँले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर मधेस प्रदेशसभा सदस्य सिंह पक्राउ

वीरगञ्ज । कर्तव्य ज्यान मुद्दाका दोषी मधेस प्रदेशसभा सदस्य अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा मधेस प्रदेश सप्तरी क्षेत्र ४ (२) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित यादव गोविन्द चौधरीको हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएका थिए ।सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीका अनुसार फैसलाको सम्पूर्ण अभिलेख सर्वोच्चले यसै साता जिल्ला प्रहरी कार्यालयलाई पठाउने बित्तिकै सदस्य सिंहलाई सप्तरी प्रहरीले सोमवार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।चार वर्ष जेल सजाय तोकिएका सिंह प्रदेशसभामा तीनै तहको अदालतबाट दोषी ठहर गर्दै चार वर्षको जेल सजाय तोकिसकिएको व्यक्ति मधेस प्रदेशसभामा प्रदेश सांसदको रूपमा रहँदै आएका थिए ।स्वतन्त्र सांसदका रूपमा निर्वाचित उनी २०७१ सालमै दोषी ठहर भएको जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ । उनलाई सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते अभिरुद्रसहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको थियो । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालेको २०७५ भदौ ९ गतेको संयुक्त इजलासले उहाँको हकमा जिल्लाको फैसलालाई नै सदर गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ संयुक्त इजलासले २०७८ पुस १३ गते यसअघि जिल्ला तथा उच्च अदालतले गरेको निर्णयलाई नै सदर गर्ने आदेश दिएको देखिन्छ । आरोपित यादवको निर्देशनमा साबिकको बोदे बर्साइन गाविस– ४ बाट वि.स. २०६४ असार ९ गते सप्तरी खोक्सरप्रवाह– १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई नियन्त्रणमा लिई नेङ्गडा गाविस– ५ बैरिया टोलमा लगेर पीडितलाई पाँच वटा गोली हानी हत्या गरेको अभियोग पत्रमा उल्लेख छ ।मृतकको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको अस्पताल अभिलेखले जनाएको छ । उक्त विषयमा जाहेरी परेपछि यादव अदालतमा बयान दिनसमेत नआई फरार भएका थिए ।अदालतले दोषी ठहर गरे पनि प्रहरीले भने हालसम्म यादवलाई पक्राउ गरेको थिएन । मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीय रिताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिनुभएको थियो ।

Leave a Reply