निजगढ, २९ भदौँ– निजगढ नगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले निजगढ नगरका विभिन्न नदी तथा खोलाबाट अवैध रुपमा उत्खनन गरेर घाटगद्दि गरी राखिएको ढुङ्गा जफत गर्ने निर्णय गरेको छ ।

निषेधित अवधिमा पनि स्थानीय केहीले नगरपलिकाका खोला बगरबाट अवैध उत्खनन गरी घाटगद्दिमा राखको गुनासो आएपछि कार्यपालिका बैठकले अवैध देखिएमा जफत गर्ने निर्णय गरेको नगरपालिकाका सुचना अधिकारी रविन घिमिरेले जानकारी दिनुभयो ।

कानुन विपरित उत्खनन गरेको पाइए अनुगमन गरेर सबै ढुङ्गा जफत गरिने सुचना अधिकारी घिमिरेले बताउनुभयो । प्रचलित कानुनअनुसार हरेक वर्ष वर्षायाम लागेपछि असारदेखि भदौँ महिनासम्म खोला बगरमा प्रवेश गर्न रोक लगाएको छ । तर कानुन उल्लघन गर्दै निजगढ नगरपालिका वडा नम्बर– १ को धन्सार र वडा नम्बर ४, ८ र ९ मा पर्ने बकैया खोलाबाट बाह्ै महिना उत्खनन हुने गरेको स्थानीयले बताएका छन ।

त्यसैगरी वडा नम्बर ३ को बगरे र वडा नम्बर १३ को शक्ति खोलाबाट पनि अवैध उत्खनन हुदै आएको बताइन्छ । यसरी उत्खनन भएको ढुङ्गा मध्ये केही नदी किनारा र सार्वजनिक स्थानमा थुपारेर राखिएको छ भने धेरैले बाहिर निकासीसमेत गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here