दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,जिल्लाको बारागढी गाउँपालिकाको सहयोगमा बिशुनपुर्वामा संचालन गरिएको १५ दिन नङ्ग सजावट (नेल आर्ट) सम्बन्धी सीप विकास तालिम आइतवार सम्पन्न भएको छ ।मनकामना ब्युटीपार्लर कलैयाको आयोजनामा वडा नम्बर २ को कार्यालय बिशुनपुर्वामा भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि एवम् बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवाल, गाउँपालिकाकाकी उपाध्यक्ष लक्ष्मी देवी राय, गाउँ कार्यापालिका सदस्य रेणु देबी जयसवाल, वडा नम्बर २ का वडा अध्यक्ष जोगिन्द्र साह कलवारले तालिममा सहभागी महिलाहरु प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको संञ्चालन मुकेश जयसवालले गर्नुभएको धियो


















