निजगढ, १२ भदौँ– नगरपालिकाले हालै प्रकाशन गरेको फिल्ड सहायक पदको कर्मचारी छनौट प्रकृयामा अनियमितता भएको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय बाराले छानविन थालेको छ । जिप्रकाले शुक्रबार नगरपालिकाबाट परीक्षा सम्बन्धि सबै फाइल मगाएर छानविन थालेको हो ।

परीक्षामा सामेल भएर अनुतिर्ण बनेका ४ जनाले छनौट प्रकृयाको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा बिहिबार लिखित उजुरी गरेका थिए । निजगढ नगरपालिका वडा नम्बर– ५ कि अस्मिता बन्जारा, शंतोष चौलागाई, वडा नम्बर– ७ की प्रमिला बजगाई र वडा नम्बर– ८ का योगेश न्यौपानेले कार्यालयलमा उजुरी दिएका हुन । आफुभन्दा कम योग्यता भएकालाई छनौट गरेको र अन्तिम परीक्षाफलमा चित्त नबुझेको भन्दै उनीहरुले छानविन माग गर्दै उजुरी गरेका थिए ।

उजुरीपछि जिल्ला प्रशासन कार्यालयले निजगढ नगरपालिकामा पत्र पठाएर परीक्षा सम्बन्धि सबै कागजपत्र मगाएको छ । नगरपालिका सुचना अधिकारी रविन घिमिरेले नगरपालिका पदपुर्ति समितिले सर्ट लिस्ट निकालेर लिस्टमा परेका ८ जना मध्येबाट अन्तरवार्तासमेत लिइ प्रकृयाअनुरुप नै परीक्षाफल प्रकाशन गरेको बताउनुभएको छ । अधिकारी घिमिरेले जिल्ला प्रशासन कार्यालयले मागेअनुसारको सबै कागज कलैया पठाइएको जानकारी दिनुभयो ।

नगरपालिकाले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागअन्तरगत राजपत्र अनङ्कित व्दितीय श्रेणी सरहको पदमा एक जना फिल्ड सहायक करारमा नियुक्ति गर्न सुचना प्रकाशन गरी पदपुर्ति गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको परीक्षाफलको अन्तिम सुचिमा निजगढ नगरपालिका वडा नम्बर ७ का कविर पौडेल छनौट हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here