नेपाली राजनीतिका मात्रै होइन, नेपाली समाजकै एक बौद्धिक व्यक्तिको रुपमा कतिपयले डा. बावुराम भट्टराई लिने गर्दछन् । हुन पनि धेरै वर्ष अगाडि अथवा पञ्चायतकालमा नै भट्टराईले निकै राम्रो अंक ल्याएर एसएलसी उर्तिण गर्नुभएकोले पनि उहाँको प्रशंसा बढी भएको हो । तर, भट्टराईको कुरा गरिरहदा उहाँले देशलाई फाइदाको भन्दा घाटाकै काम बढी गरेको देखिन्छ ।
२०७२ सालको संबिधान जारी गरेपछि माओवादी छाडनुभएका उहाँ फेरि माओवादीमा नै फर्कने चर्चा पनि छ ।
भट्टराईले आफू कम्यूनिष्ट नभएको कुरा सार्वजनिक ठाउँमा पटक पटक बोल्दै आउनु भएको छ । माओवादी आन्दोलनबाट उदाएका उहाँले देशलाई ध्वस्त बनाउन आफ्नो बौद्धिकता खर्च गरेकै हो । हुन त शान्ति स्थापनापछि उहाँ देशको प्रधानमन्त्री जस्तो प्रमुख कार्यकारी पदमा पनि पुग्नुभयो र केही सुधारमा काम पनि भए तर जनयुद्धमा उहाँ जत्तिको मान्छे लागेर बर्बाद गरेपछिको यो पदमा पुगेर गरेको उक्त काम कम नै मानिन्छ ।
युद्धमा लाग्नुभन्दा त्यो बुद्धी देश बनाउनका लागि लागेको भए आज देशको अवस्था कहाँ पुग्थ्यो होला अनि माओवादी छाडेर गएपछि फेरि माओवादीमा नै फर्कनु थियो भने किन माओवादी छाड्न पर्यो ? यो प्रश्नको जवाफ भट्टराइसंग छैन तर नेपाली जनताले यो प्रश्न संधै सोधिरहने छन । भट्टराई जस्ताको बुद्धी बिग्रिएका कारण नै यो देशमा युद्धको नाउँमा धेरै क्षति भएकै हो । त्यसैले जसले जे भनेपनि देशका लागि भट्टराईले पटकपटक बाटो बिराउनु नै भएको हो ।


















