कृष्णमोहन साह,

सेढवा, १३ भदौँ– पर्साको जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा रहेको अवैध काठसहित दुई वटा ट्रेक्टर नियन्त्रणमा लिएको छ ।

बोर्डर आउट पोस्ट भिखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक किशमान तामाङको नेतृत्वमा गएको टोलीले शुक्रबार जगरनाथपुर गाँउपालिका वडा नम्बर– २ लक्ष्मीपुरबाट अबैध रुपमा फडानी गरी ना ५ त ३९५४ र ना ७ त २०२७ नम्बरको दुई वटा ट्याक्टरमा लोड गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी १ सय ५० क्विफिट को ४० थान सिमल (कपोक) को गोलिया नियन्त्रणमा लिएको हो ।

प्रहरीको टोलीलाई देखेपछि भागेकाले तस्करहरुलाई भने पक्राउ गर्न नसकिएको प्रहरीले दावी गरेको छ । नियन्त्रणमा लिइएकोे काठसहित ट्रेक्टरलाई आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय बसन्तपुरमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक तामाङ्गले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here