मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ सखुवाघाटमा शनिवारबाट २ दिने निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण शिबिर शुरु भएको छ ।वडा कार्यालयको आर्थिक सहयोग र स्थानीय महिला विकास तथा सामुदायिक विकास केन्द्र महेन्द्रनगरको आयोजनामा सखुवाघाट स्वास्थ्य चौकीमा शुरु भएको सो शिबिरको पहिलो दिन शनिवार ४ सय जनाले स्वास्थ्य परीक्षण गराएर औषधिसमेत लिएका थिए ।शिवीरमा स्त्री रोग विशेषज्ञ बबिता चौधरी, बालरोग विषेशज्ञ उपेन्द्र यादव, दन्त रोग विशेषज्ञ नेहा साह, अर्थोपेडिक चिकित्सक जयन्त भगवान मिश्राले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।यसअघि शिबिरको वडा अध्यक्ष हरिदेव खरेलले उद्धाटन गर्नुभएको थियो ।

Leave a Reply