निजगढ, १२ भदौँ– कुखुरा उत्पादक तथा बजार व्यवस्थापन संघले निजगढमा बिक्री हुने जिउदो बोइलर कुखुरा तथा तयारी मासुकोे मुल्य निर्धारण गरेको छ ।
संघको भाउदर निर्धारण समितिले केन्द्रीय संघको दररेटमासमेत मेल खानेगरी किसानले बिक्री गर्ने र उपभोक्ताको खरिदको खरिद मुल्यसमेत निर्धारण गरेको हो । संघले तोकेको नयाँ मुल्यअनुसार शुक्रबारबाट निजगढ बजार क्षेत्रमा किसानले १ केजी ८ सय ग्राम तौलसम्मको जिउदो ब्रोइलर कुखुरा प्रति केजी १ सय ४० रुपैया र २ केजी भन्दामाथिमा १ सय ५० रुपैया पाउने छन । संघले निर्धारण गरेको मुल्य अनुसार अब उपभोक्ताले ब्रोइलर कुखुराको मासु प्रति केजी २ सय ८० रुपैयामा पाउने छन ।
त्यसैगरी निजगढ क्षेत्रमा डिलरको मुल्य १ सय ६२, सिगौल, रतनपुर र टाँगियावस्तिमा १ सय ७० तोकिएको छ । तयारी कुखुराको मासुमा भने संघले निजगढ बजारको लागि २ सय ८० र अन्यत्रको हकमा ३ सय रुपैया मुल्य तोकेको छ ।
भाउदर निर्धारण समितिमा किसानकोतर्फबाट कुमार आचार्य, डिलरहरुकोतर्फबाट लोकेश थापामगर, कटरकोतर्फबाट मिना नगरकोटी र उपभोक्ताकोतर्फबाट रामजी बजगाई सदस्य रहनुभएको छ । कुखुरा उत्पादक तथा बजार व्यवस्थापन संघ निजगढमा अध्यक्ष बेनीबहादुर मोक्तानको अध्यक्षतामा बिहिबार बसेको बैठकले शुक्रबारबाट लागु हुने गरी कुखुराको दरभाउ तोकेको हो ।