मनोज साह
जीतपुर,पासवान समुदायका कुल देवता सल्हेस बाबाको मन्दिरको जग्गा कब्जा भएको जग्गा फिर्ता गर्न सरोकारवाला निकायले चासो नदेखाएको भन्दै सो समुदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन ।आर्थिक प्रलोभनमा परेर जग्गा फिर्ता गर्ने बारेमा सरोकारवाला निकाय वडा र नगरपालिका कार्यालयले चासो नदेखाएको आरोप लगाएका हुन । जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएको लामो समय बितिसक्दा पनि काराबाही नभएको पासवान समुदायका अगुवाहरुको गुनासो छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारमा रहेको सल्हेस बाबा मन्दिरको जग्गा स्थानीय सन्तोष साहले कब्जा गरेको स्थानीयको भनाई छ । साहले जमिन कब्जा गरेर चारैतिरबाट पर्खाल लगाएपछि सो समुदायका स्थानीयले विरोध जनाउदैआएका छन । उनीहरुले यसअघि जीतपुर बजारमा विरोध ¥याली निकालेर शान्तिपूर्ण प्रदर्शन समेत गरेका थिए ।वर्षौं आगडिदेखि नै आफ्नो समुदायको देवताको मन्दिर रहेको जमिन अहिले आएर कब्जा गर्ने प्रयास गरिएको मन्दिर संरक्षण संघर्ष समितिका अध्यक्ष चन्द्रशेखर पासवानले बताउनुभयो ।

Leave a Reply