चितवन,पर्साको कालिकामाई गाउँपालिका २ का ५५ बर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । आइतबार बिहान १ बजे भरतपुर अस्पतालमा आएका उनको कोभिड आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले जानकारी दिनुभयो । वीरगन्जको नेशनल मेडिकलबाट उपचारका लागि भरतपुर रिफर गरिएको उनमा कडा निमोनियाको संक्रमण भएको थियो । उनको शव पर्सा नै लगिएको छ र नेपाली सेनाले अत्येष्टि गरेको छ । लिभरमा समस्या देखिएपछि उपचारका लागि भारत गएका उनलाई त्यही बेला कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उपचारका लागि उनीसँगै गएका श्रीमती र कान्छो छोरालाई गाउँमै क्वारेन्टिनमा राखिएको वडाध्यक्ष सोनालाल चौरसियाले जानकारी दिनुभयो ।

Leave a Reply