कृष्णमोहन साह

सेढवा, ८ भदौँ– पर्सामा हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकास्थित राष्ट्रिय वनमा जंगली हात्तिको आक्रमणबाट सखुवापर्सौनी गाउँपालिका वडा नम्बर– २ घुसुकपुरका अन्दाजी ४० वर्षिय राजेन्द्र दहितको मृत्यु भएको प्रहरी चौकी रङपुरका प्रहरी सहायक निरीक्षक राजेश तिवारीले जानकारी दिनुभयो ।

प्रहरीकाअनुसार दहित शनिबार बिहान दाउरा खोज्न जङ्गल गएको र राती अबेरसम्म पनि घर नफर्किएपछि खोज्ने क्रममा आइतबार उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिनुभयो । शवको पोस्टमार्टमको लागि वीरगंज पठाइएको प्रहरी निरीक्षक चोरवारले जानकारी दिनुभयो ।

दहितको परिवारका सदस्य, स्थानीय र वन कर्मचारी तथा प्रहरीको सहयोगमा खोजी गर्दा उनको हात्ति आक्रमणबाट मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

Leave a Reply