वीरगञ्ज । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार विस्थापित गर्ने गरी नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी ९जसपा० नेपालबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको छ। नयाँ समीकरणमा सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठन गर्ने विषयमा सहमति जुटिसकेको छ। सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा भने अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताएका छन्।

उनले तीन दलबीचको सहमति शीर्ष तहबाटै भएको जानकारी दिँदै एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच नयाँ सत्ता समीकरणबारे छलफल भएको बताए।

स्रोतका अनुसार जसपा नेपालको नेतृत्वमा मधेश प्रदेशमा नयाँ सरकार गठन हुने लगभग निश्चित भएको छ। जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताइएको छ।

गत असोज ३० गते नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादव भने आफ्नो सरकार जोगाउने प्रयासमा छन्।

यसअघि एमाले पुनः कांग्रेस नेतृत्वकै सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको थियो। यसका लागि कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवादसमेत भएको थियो।

तर, सरकारबाट बाहिरिसकेपछि पुनः सोही सरकारमा फर्किँदा राजनीतिक रूपमा नकारात्मक सन्देश जाने तर्क गर्दै एमाले अध्यक्ष ओलीले उक्त प्रस्ताव स्वीकार नगरेपछि तीन दलबीच नयाँ सत्ता समीकरणको प्रक्रिया अघि बढेको हो।

Leave a Reply