बसन्त लामा

सिंगौल,रौटहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारस्थित भोर्लेनी सामुदायिक वन उपभोक्ता समूहको छैठौ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।साधारण सभामा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उत्तरबहादुर थापाले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सदस्य सरस्वती खुलालको अतिथिमा सम्पन्न भएको हो ।कार्यक्रमको विशिष्ट अतिथि चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा, सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्ष वेदहरि दाहाल, आडीसी नेपालको ज्योती फुयाल, सामुदायिक वन उपभोक्ता महासंघका अनुगमन समितिको संयोजक राजु धामी, समाजसेवी गोविन्द तिमल्सिनालगायत रहनु भएको थियो ।साधारण सभामा नव दुर्गा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मकरबहादुर वल, नमोबुद्ध सामुदायिक वनका अध्यक्ष ताराबहादुर जिम्बा, कृष्ण प्रणामी सामुदायिक वनका अध्यक्ष लिलाधर तिमल्सिना, गैडाटार स्वास्थ केन्द्रका चुडामणी सापकोटा, वडा सदस्य जितेन्द्र राई, रितबहादुर राई, खगन्द्र पौडेल, सहायक वन अधिकृत माहालक्ष्मी शर्मा, डिभिजन वन रौतहटका अधिकृत बिमल ठाकुर, कालापानी सामुदायिक वनका अध्यक्ष गोपाल फुयाल, आदर्श सामुदायिकका अध्यक्ष चतुरमान मुक्तान, तिलेस्वर सामुदायिक वनका अध्यक्ष भुनेस्वर गुरो उपस्थिति रहेको थियो ।अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको सो साधारण सभाको सञ्चालन स्थानीय सन्तोष चौहानले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here