गोकुल घोरसाइने

निजगढ,नेपाली काग्रेश बारामा क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद टुङ्गिने भएको छ । सदस्यता छानबिनको लागि पार्टीले गठन गरेको छानबिन समितिले पार्टी पदाधिकारी बैठकमा प्रतिवेदन बुझाएपछि विवाद अन्त्य हुने बताइएको छ । समितिले मंगलबार आफनो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

१३ औं महाधिवेशनमा सहभागी र त्यतिबेला छुटेकासमेतलाई समावेश गरी समितिले प्रतिवेदन बुझाउन लागेको बताइएको छ । समितिले बुझाएको प्रतिवेदनको आधारमा कार्यसमितिले सदस्यता बारे देखिएको विवादमा निर्णय गर्ने बताइएको छ ।

 

क्रियाशील सदस्यता विवादमा नेपाली कांग्रेशका सभापती एंव प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षधर नेता कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा धर्ना जारी राखेका छन । कार्यकर्तालाई जिल्लाबाट बोलाएर दुबै पक्षले धर्नामा सहभागी गराउन थालेपछि पार्टी कार्यालयमा शक्ति प्रर्दशन गर्ने होडबाजी नै देखिएको छ ।

उनीहरुले आफनो समुहका कार्यकर्तालाई भाडाका बस र जिपमा राखेर केन्द्रीय कार्यालयमा उतारेका छन ।

जिल्ला कार्यसमितिले एकलौटी रुपमा आफना गुटका कार्यकर्तालाई मात्र सदस्यता सिफारिस गरेको भन्दै खारेजीको माग राखेर वरिष्ठ नेता पौडेल तथा सिटौला समुहका नेता कार्यकर्ताले केन्द्रीय कार्यालयमा २ साताअघिबाट संयुक्त रुपमा धर्ना शुरु गरेका हुन । ‘कतिपय वडाहरुमा वडा कार्यसमितिमा छलफल नै नगरी मनलाग्दी सिफारिस भएको छ, काग्रेज जिल्ला सचिब मनोज भट्टले भन्नुभयो, विधि र प्रकृया विपरीत सिफारिस भइआएको सदस्यता बदर हुनुपर्छ ।’ उहाँले विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक र राप्रपा सुनील थापा समुहबाट काग्रेश प्रवेश गरेकाको पार्टी समायोजन र अन्य पार्टीबाट प्रवेश गरेको नाममा जिल्ला कार्यसमितिले आफनो समुहका मान्छेको नाममात्र सिफारिस गरेको बताउनुभयो । ‘गच्छेदार र थापा समुहका एकजना पनि कार्यकर्ता नभएका वडाबाट पनि सयौंको नाम सिफारिसमा परेको छ, समायोजनको नाममा देउवा समुहले जिल्लामा पार्टी कब्जा गर्ने रणनीतिले काम गरेको छ ।’ उहाँले भन्नुभयो । प्रकृया विपरित सिफारिस गरिएका सबै सदस्यता खारेज गर्न पनि सचिव भट्टले माग गर्नुभयो । ‘वडा समितिको पुस्तिकामा निर्णय गरेर सिफारिस भएकाहरुबाहेक अन्यको सदस्यता कायम गरिनु हुन्न, यदि प्रकृया विपरित कायम गरिए पार्टी कार्यालयमा फेरि आमरण अनसन बस्ने छौं ।’ भट्टले भन्नुभयो ।

 

आफुहरुले सिफारिस गरेको सदस्यता खारेजीको माग गर्दै पौडेल र सिटौला पक्षका कार्यकर्ताले भर्ना शुरु गरेपछि देउवा समुहका नेता÷कार्यकर्ताले पनि प्रतिरोधका पार्टी केन्द्रीय कार्यालयमा धर्ना शुरु गरेका हुन । जिल्ला संघठन विभाग प्रमुख शम्भुबहादुर बुढाथोकीले आफुहरुले केन्द्रीय समितिको निर्देशनअनुरुप नै जिल्लाबाट सदस्यता सिफारिस गरेर पठाएको बताउनुभयो । ‘विधि र प्रकृया विपरीत कुनै पनि कार्यकर्ताको सिफारिस गरिएको छैन, संघठन विभाग प्रमुख बुढाथोकीले भन्नुभयो, तल्लो तहबाट सिफारिस भइ आएकाहरुको नाममात्र केन्द्रमा पठाइएको छ ।’ उहाँले असन्तुष्ट पक्षले नयाँ कार्यकर्तालाई पार्टीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले धर्ना दिएर विवाद सृजना गरेको बताउनुभयो । ‘सिफारिसमा परेका सबै सक्रिय कार्यकर्ता हुन, बुढाथोकीले भन्नुभयो, पार्टी संघठनलाई मजबुद तुल्याउने हो भने आवेदन गरेका र प्रकृया पूरा गरेका कसैलाई पनि सदस्यताबाट बन्चित गर्न मिल्दैन ।’ ‘विधि र प्रकृयाअनुरुपनै सदस्यता सिफारिस गरिएको छ, कसैले धर्ना दिदैमा सदस्यता रोकिन हुदैन ।’ बुढाथोकीले भन्नुभयो ।

 

कांग्रेश बाराका पूर्वसभापति लालबाबु सिंहले धर्नामा नेता पौडेल÷सिटौला समुहको नेतृत्व गरिरहनुभएको छ भने अर्को पक्षको नेतृत्व जिल्ला सभापती भोला चौरसियाले गर्नुभएको छ । पौडेल समुहले पार्टी कार्यालय भवनको भर्याङ्ग मुनि बरण्डा र अर्को पक्षले कार्यालय परिशरको चौरमा टेण्ट गाढेर धर्ना दिदै आएको छ ।

सदस्यता विवाद छानबिन समितिले यसअघिको १३ औं महाधिवेशनमा कायम रहेको (पुरानो) सदस्यलाई मात्र मान्यता दिने तयारी गरेपछि स्थापन पक्ष पनि धर्नामा उत्रिएको पनि सचिब भट्टले बताउनुभयो ।

कांग्रेशले बाराबाट यो वर्ष १२ हजारभन्दा बढीको क्रियाशील सदस्यता सिफारिस गरेको छ । जसमध्ये करिव नयाँ ६ हजारजना भन्दा बढी सिफारिसमा परेका छन ।

Leave a Reply