निजगढ, ८ भदौँ– उपचारकोलागि गएकी किशोरीमाथि निजगढ नगरपालिका वडा नम्बर– ११ रतनपुरमा एक स्वास्थ्यकर्मीले यौनदुर्व्यवहार गरेका छन ।
बिरामी किशोरीमाथि यौनदुर्व्यवहार आरोपमा अस्थायी प्रहरी चौकी रतनपुरले निजगढ नगरपालिका वडा नम्बर–११ रतनपुरस्थित सामुदायिक हेल्थ क्लिनिकका संचालक रौतहटको कटहरिया नगरपालिका वडा नम्बर– २ घर भएका २६ वर्षिय स्वास्थ्य सहायक प्रमोद साहलाई आइतबार बेलुका नियन्त्रणमा लिएको छ । प्रहरीले साहलाई हाल इलाका प्रहरी कार्यालय निजगढमा राखेर घटनाको अनुसन्धान थालेको छ ।
पेट दुख्ने समस्याले आफन्तको साथ लागेर घर नजिकैको क्लिनिकमा पुगेकी १७ वर्षिय किशोरीलाई साहले दिउसो २ बजे गुप्ताअङ्गमा जवरजस्ति हात घुसारेर यौनदुर्व्यवहार गरेको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलियाले बताउनुभयो । ‘किशोरीले हुदैन भन्दाभन्दै पनि साहले लठ्याउने इन्जेक्सन दिएर जवरजस्ति हात हालेका रहेछन, निरीक्षक थपलियाले भन्नुभयो, पिडितले दिएको किटानी जाहेरीको आधारमा साहलाई पक्राउ गरी कारवाही अघि बढाइएको छ ।’
पाठेघर सफा गर्नुपर्छ भन्दै किशोरीका आफन्त घर फर्किएको मौका पारेर साहले लठ्याउने इन्जेक्शनले बेहोस बनाएपछि गुप्ताङ्गमा हात हालेका थिए । साहले यौनदुर्व्यवहार गरेपछि उनी क्लिनिकबाट अर्धचेत अवस्थामा घर भागेकी थिइन । उपचारमा गएकी किशोरी रुदै घर आएपछि सोधखोज क्रममा स्वास्थ्यकर्मीबाट निजगढमा बिरामी किशोरीमाथि स्वास्थ्यकर्मीबाट यौनदुर्व्यवहार भएको खुलेको हो ।
‘लर्खराउदैलर्खराउदै आएकी थिइन, शुरुमा हामीलाई पनि केही भनिन, उपचारको औषधिले गर्दा गाहे भएको होला भन्ने पनि लाग्यो, एक जना आफन्तले भने, तर पछि बुझदै जादा बेहोस तुल्याएर यौनदुर्व्यवहार भएको रहेछ ।’ साँझपख किशोरीले श्रीमानलाई विवरण सुनाएपछि घटना बाहिरिएको हो ।
आफन्त र स्थानीयले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट रतनपुरका सहायक निरीक्षक उपेन्द्र यादवको नेतृत्वमा गएको टोलीले साहलाई राति ८ बजे नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढमा बुझाएको थियो । स्वास्थ्य सहायक साहको क्लिनिक र पिडितको घर २ सय मिटरको दुरीमा छ । साहले यसअघि पनि उपचारमा पुगेका महिलाहरुमाथि निजगढमा बिरामी किशोरीमाथि स्वास्थ्यकर्मीबाट यौनदुर्व्यवहार गर्ने अरोप स्थानीयले लगाएका छन ।