निजगढ,निजगढ ७ को जनहित सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरुको आय आर्जनको लागि आजबाट सालको पातबाट दुना÷टपरी बनाउने तालिम सुरु गरेको छ ।
वन समूहको कार्यालयमा भएको दुना-टपरी बनाउने तालिमको सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला अध्यक्ष एंव निजगढ नगरपालिकाका पूर्व अध्यक्ष रामजी बजगाईले गर्नुभएको थियो ।

समूहकी अध्यक्ष चन्द्रिका मगरको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ सब डिभिजन वन कार्यालयकी वन अधिकृत शर्मिला नेपाल, तालिमका प्रशिक्षक रुक्माङ्गत खनाललगायतले तालिमको महत्व बारेमा बोल्नुभएको थियो ।वन उपभोक्ताहरुको आय आर्जनमा सहयोग पु¥याउने डिभिजन वन कार्यालय बारा सिमरा ‘सम्बृद्धिका लागि वन’ कार्यक्रमको सहयोगमा सुरु भएको सो तालिममा स्थानीय २० जना महिला सहभागी रहेका छन ।

तालिमपछि २ जनाले प्रतिदिन १ हजार ५ सय थानसम्म दुना-टपरी बनाउन सक्ने र बजारमा खुद्रा मूल्यमा एक थान दुना÷टपरी १० रुपैयासम्ममा बिक्री हुने बताइएको छ ।

Leave a Reply