नरेश गुप्ता

बरियारपुर,जिल्ला भूमि आयोगका अध्यक्ष छविलाल उप्रेतीको बाराको कलैयामा बिहिवार स्वागत गरिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी बाराका अध्यक्ष सुन्दर बिश्वकर्माले पार्टी कार्यालयमा अध्यक्ष उप्रेतीको स्वागत गर्नुभएको हो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एंव बारा जिल्ला सहईन्चार्ज समेत् रहनुभएका उप्रेतीको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सद्स्य दिनेश राईले बारामा बसोबास गर्ने वास्तविक सुकुम्बासीको पहिचान गरि आयोगले काम गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

विगतमा जमिन र धनसम्पति पर्याप्त भएका व्यक्तिहरुले समेत सुकुम्बासीको नाममा लालपुर्जा हात पारेकाले अब भने त्यस्तो नहुने बताउनुभयो ।

अध्यक्ष उप्रेतीको बधाई तथा स्वागत कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हिमाल खरेल, पार्टी केन्द्रीय सदस्य श्रीप्रसाद पासवान, पार्टी सहसचिव धु्रब यादव, अनेरास्ववियुका केन्द्रीय सचिव एंव पार्टीको तर्फबाट बारा जिल्ला विद्यार्थी विभाग प्रमुख इमरान आलम, युवा संघ केन्द्रीय सदस्य मनोज साह, युवा संघ कलैया नगर अध्यक्ष हरिओम साह लगायत नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply