निजगढ,तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठले मंगलवार जिल्ला खेलकुद विकास समिति बाराको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।राष्ट्रिय खेलकुद परिषद्ले कार्यालय प्रमुखमा नियुक्त गरेसंगै श्रेष्ठले पदीय जिम्मेवारी सम्हाल्नुभएको हो ।
श्रेष्ठलाई कलैयास्थित जिल्ला खेलकुद समितिको कार्यालयमा एक समारोहबीच कार्यालयका निमित्त प्रमुख हरिशंकर चौधरीले पदभार ग्रहण गराउनुभएको थियो ।

पदभार ग्रहण कार्यक्रममा मधेस प्रदेश तेक्वाण्डो कार्यसमितिका महासचिव राजकुमार लामा, सदस्य मुक्ति यादव, जिल्ला खेलकुद समितिको कुस्ति प्रशिक्षक ब्रह्मदेव प्रसाद यादव, कराते प्रशिक्षक मुहमद कलाम अन्सारी, जित सिंह लामा, सुनिलकुमार साह, वृजमोहन साह, क्यामुद्दिन मन्सर, सन्तोष श्रेष्ठ, विनोद तुलाधरलगायतको उपस्थिति रहेको थियो ।
परिषद्ले माघ १६ गते श्रेष्ठलाई समितिको प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । साही निर्णय अनुसार अनुसार अधिकृत तृतीय प्राविधधिक तहका तेक्वान्दो प्रशिक्षक श्रेष्ठले पदभार ग्रहण गरेर जिम्मेवारी सम्हाल्नुभएको हो ।

Leave a Reply